Section 9
परिषद्को काम, कर्तव्य र अधिकार :

परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) समाज कल्याण कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, सामाजिक संघ संस्थालाई सहयोग गर्ने, तिनीहरूका बीच समन्वय गर्नेर तिनीहरूको कामको अनुगमन, सुपरीवेक्षण र मूल्याङ्कन गर्ने, गराउने ।
(ख) सामाजिक संघ संस्थाहरूको स्थापना, विकास, विस्तार र सुदृढीकरणको लागि आवश्यक सहयोग गर्ने, गराउने ।
(ग) नेपाल सरकार र सामाजिक संघ संस्थाहरू बीच समन्वयकर्ताको रूपमा कार्य गर्ने, गराउने ।
(घ) समाज कल्याण कार्य तथा समाज सेवा सम्बन्धी नीति निर्माण तथा कार्यक्रम तर्जुमा सम्बन्धमा नेपाल सरकारलाई आवश्यक परामर्श दिने ।
(ङ) समाज कल्याण कार्यको लागि कोषको स्थापना र सञ्चालन गर्ने, गराउने ।
(च) समाज सेवामा संलग्न परिषद्सँग आबद्ध संघ संस्थाहरूका लागि सूचना तथा अभिलेख केन्द्रका रूपमा कार्य गर्ने, गराउने ।
(छ) समाज कल्याण कार्यसँग सम्बन्धित विषयमा तालीम दिने, अध्ययन, अनुसन्धान गर्ने, गराउने ।
(ज) परिषद्सँग आवद्ध सामाजिक संघ संस्थाहरूको भौतिक सम्परीक्षण गर्ने, गराउने ।
(झ) यो ऐनको उद्देश्य कार्यान्वयन गर्नका लागि आवश्यक अन्य कार्य गर्ने, गराउने ।
(ञ) स्वदेशी, विदेशी वा अन्तर्राष्ट्रिय संघ संस्था र विदेशी राष्ट्रसँग आवश्यक सम्झौता वा करार गर्ने, गराउने ।
(ट) राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग जुटाउने र प्राप्त सहयोग रकमको सुव्यवस्था गर्ने ।